काठमाडौं । जनकपुर बोल्ट्सले मुहम्मद मोहसिनलाई टोलीमा अनुबन्ध गरेको छ ।
शुक्रबार मोहसिनलाई टोलीमा अनुबन्ध गरेको बोल्ट्सले जनाएको छ । मोहसिन आफ्नो सटिक बलिङ र प्रभावकारी अलराउन्ड कौशलका लागि परिचित छन् ।
मोहसिनको आगमनले टोली बलियो बनेको जनकपुरले जनाएको छ । ”मोहसिनलाई स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल प्रिमियर लिगमा उनी चम्किरहेको हेर्नुहोस् । उत्कृष्ट क्रिकेटको लागि तयार हुनुहोस्, जसमा मोहसिनले नेपाल प्रिमियर लिगमा आफ्नो कौशल प्रदर्शन गर्नेछन्,”टोलीले आफ्नो सामाजिक सञ्चालमार्फत भनेको छ ।
यसअघि जनकपुरले अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्प र न्युजिल्याण्डका जिमी निशमलाई टोलीमा अनुबन्ध गरेको थियो ।
२८ वर्षिय मोहसिनसँग पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगलगायतको टी-२० फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
जनकपुरकमा आसिफ शेख मार्की खेलाडी र पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।
Facebook Comment
Comment