काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण गत असोज ११ र १३ गते आएको बाढीपहिरोमा परी ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
आर्थिकका सहयोगका लागि कांग्रेस सांसद मोहनबहादुर बस्नेतले सहयोग तथा संयोजक गरेका थिए भने सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाँउपालिकालगायत स्थानीय तहले समेत सहयोग गरेका थियो ।
कार्यक्रमका कांग्रेस सभापति देउवाले बाढि पहिरोका कारण भएको धनजनप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले दु:खका बेला कांग्रेस सदैव जनतामाझ रहने प्रतिबद्धता जनाए ।
Facebook Comment
Comment