आन्तरिक पर्यटकको रोजाइ बनेको धापड्याम (तस्वीरहरू)

आन्तरिक पर्यटकको रोजाइ बनेको धापड्याम (तस्वीरहरू)

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ स्थित शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बनेको धापड्याम अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ । शनिबार र सार्वजनिक बिदाको दिन घुम्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दै छ ।

बागमतीको सहायक नदी नागमतीको मुहान क्षेत्र धापमा बनाइएको यो ड्यामको लम्बाइ १७४.७ मिटर र चौडाइ ८ आठ मिटर रहेको छ । बाँधमा रहेको जलाशयको क्षेत्रफल भने करिब १५ हेक्टर रहेको छ ।

बर्खायाममा डाँडा वरपर पर्ने पानीलाई सङ्कलन गरी हिउँदमा नागमती हुँदै बागमतीमा पानी पठाउन यो ड्यामको निर्माण गरिएको हो ।

सामान्य अवस्थामा यो ड्याममा ११ लाख घन मिटर पानी जम्मा हुनेछ । सो पानी हिउँदको समयमा ४०० लिटर प्रतिसेकेन्डका दरले बागमतीमा छोडिने गरिएको छ ।

एसियाली विकास बैङ्कले ५१ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस ड्यामको गत फागुन ३ गते तत्कालीन उपप्रधान तथा ऊर्जा, जलस्रोत एवम् सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए । यो ड्याम सुन्दरीजलबाट करिब २२ किमीको दूरीमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved