कांग्रेस र एमालेसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड

नेपालभ्युज

कांग्रेस र एमालेसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा पर्न खोजेकोले खबरदारी गरेको बताएका छन् ।

शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘हामीले यो खबरदारी नगर्ने हो भन्ने गणतन्त्र खतरामा पर्छ, संविधान खतरामा पर्छ, यसलाई जोगाउन नै खबरदारी गरेको हो ।’

कांग्रेस र एमालेसँग सरकार बनाउन सहकार्य गर्नु गल्ती भएको उनले बताए ।

उनले भने, ‘भ्रष्ट, विचौलियाको झुन्डसँग सहकार्य गरेको गल्ती गरेँउ भन्ने परेको छ, हामीहरूले तपाईंहरूसँग समिकरण गरेर गल्ती गरेँउ, तपाईंहरूको रोग अलि अलि हामीलाई पनि सर्यो । हामी गम्भीर आत्मसमीक्षामा छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved