लगातार रेकर्ड बनाएको सुनको मूल्य घट्यो

नेपालभ्युज

लगातार रेकर्ड बनाएको सुनको मूल्य घट्यो

काठमाडौं । लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको बुधबारदेखि दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सात सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोलामा ४० रूपैयाँ घटेर दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved