सुनको भाउ एकैदिन ८ सयले बढेर तोलाको १ लाख ६६ हजार ७ सय पुग्यो

नेपालभ्युज

सुनको भाउ एकैदिन ८ सयले बढेर तोलाको १ लाख ६६ हजार ७ सय पुग्यो

काठमाडौं । लगातार बढिरहेको सुनको भाउले कीर्तिमान बनाउने क्रम जारी छ । आज ८ सय रुपैयाँले बढेर सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved