भारतसँगको सीमा गस्तीसम्बन्धी सम्झौतामा बोल्यो चीन

नेपालभ्युज

भारतसँगको सीमा गस्तीसम्बन्धी सम्झौतामा बोल्यो चीन

काठमाडौं । भारत र चीनबीच सीमा निगरानीसम्बन्धी सम्झौता भएको प्रतिवेदनलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले यस विषयमा प्रगति भएको पुष्टि गर्दै चीन र भारतले सीमा विवादमा कूटनीतिक र सैन्य तहमा घनिष्ठ वार्ता जारी राखेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताकाअनुसार दुवै पक्ष महत्वपूर्ण मुद्दाहरूमा समाधानमा पुगेको छ, जसलाई चीनले सकारात्मक रूपमा लिएको छ ।

भारत-चीनबीच सम्बन्ध सुधार होला ? नयाँ सम्झौतामा के छ ?

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सकाअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस समाधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न चीनले अर्को चरणमा भारतसँग मिलेर काम गर्ने बताएको छ ।

यसअघि सोमबार भारतीय विदेश मन्त्रालयले भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा अर्थात एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको बताएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved