सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड

नेपालभ्युज

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार तोलाको १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्न सफल भएको छ । सोमबारको तुलनामा तोलामा ५ रूपैयाँले बढेर चाँदी प्रतितोला २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

जुन अहिलेसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved