बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठ 

नेपालभ्युज

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठ 

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

श्रेष्ठले बिहीबार मात्रै लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदबाट अवकाश पाएका थिए । श्रेष्ठले तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा नियुक्त भएर समेत काम गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved