रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

नेपालभ्युज

रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्की पुर्‍याइएको छ ।

उनलाई म्याद थपका लागि अदालत पुर्‍याइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ ।

रास्वपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भने निषेधित क्षेत्रभित्र विरोध प्रदर्शन गरिरहेका छन् । यसपछि त्यहाँ प्रहरीसँग धकेलाधकेलको अवस्था सृजना भएको छ ।

  • सम्बन्धित समाचार

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved