गाजा । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलीले हमला गर्दा कम्तिमा ७३ जनाको मृत्यु भएको छ ।
बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन् ।
शनिबार राति अबेर भएको बम विस्फोटमा परी धेरै मानिसहरु घाइते भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेका छन् ।
इजरायली सेनाले हमासले हताहतको बारेमा बढाइचढाइपूर्ण जानकारी दिएको आरोप लगाएको छ।
गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धार कार्यमा पनि बाधा पुगेको बताएका छन्।
इजरायलले आफ्नो पछिल्लो आक्रमणमा भिडभाड भएको ठाउँलाई निशाना बनाएको हमास नियन्त्रित सरकारी मिडियाले जनाएको छ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली हमलामा आवासीय परिसर पूरै ध्वस्त भएको छ।
Facebook Comment
Comment