यस्तो छ आजको मौसम

नेपालभ्युज

यस्तो छ आजको मौसम
फाइल तस्वीर ।

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । जसकारण शनिबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ ।

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । अहिले कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved