रविले भने- मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ

नेपालभ्युज

रविले भने- मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा सभापति लामिछानेले ठूला भनिएका दलहरू रवि लामिछाने र रास्वपालाई सिध्याउने गरी लागे पनि रास्वपा अभियान बनिसकेकोले केही फरक नपर्ने बताए।

उनले भने, ‘सरकारलाई चेतावनी दिन चाहान्छु, षड्यन्त्र गरेर लडाउने होइन। यिनको ध्यान रवि लामिछानेलाई जेल हाल्ने, रास्वपालाई लडाउने हो, रास्वपा अभियान बनिसकेको छ । एक से एक नेताहरू छन् ।’

सम्बोधनको क्रममा उनले आफू अहिलेको चक्रव्यूहबाट निस्केर आउने दाबी समेत गरे।

लामिछानेलाई प्रहरीले  आजै पोखरा लैजाँदै छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved