काठमाडौं। लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ।
आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो ।
लिखित परीक्षाबाहेकका पूर्वनिर्धारित कार्य यथावतरूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ। तर लिखितबाहेक बाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरू भने यथावत् रूपमा सञ्चालन हुन् जनाइएको छ।
११ माघदेखि माघ मसान्तसम्म स्थगति गरिएका तथा १ फागुनदेखि सञ्चालन हुने लिखित परीक्षा कम्तीमा सात दिनको पूर्वसूचना दिई पुनः तालिका निकालिने पनि आयोगको सूचनामा उल्लेख छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले पनि सबै खाले परीक्षा स्थगन गर्ने सूचना जारी गरिसकेको छ।

त्रिविका सबै परीक्षा स्थगित
Facebook Comment
Comment