त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर त्रिभुवन विश्वविद्यालयले सबै खाले परीक्षा स्थगन गरेको जनाएको छ। आज एक सूचना जारी गर्दै त्रिविले केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकको आज (६ माघ) को निर्णयअनुसार परीक्षा स्थगित गरिएको जनाएको हो। ९ माघदेखि गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाइएको छ।