मदनी मस्जिद सरकारको नाममा ल्याउन माग

नेपालभ्युज

मदनी मस्जिद सरकारको नाममा ल्याउन माग

काठमाडौं। काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरूले उक्त जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन्।

बिहिवार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन्। उक्त सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भए पनि पछिल्लो समय भू-माफियाहरूले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन्।

मन्त्री श्रेष्ठलाई जग्गा मस्जिद कायम रहनेगरी सरकारको नाममा ल्याउन अनुरोध गरेको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘‘मन्त्रीज्यूले छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको छ,’’ उनले भने।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved