लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायलको चेतावनी

नेपालभ्युज

लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायलको चेतावनी
फाइल फोटो

एजेन्सी । इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।

यसअघि, नियमित रूपमा इजरायलले प्रहार गर्दै आइरहेको पूर्वमा बेका र दक्षिणमा टायरका विशेष क्षेत्रका बासिन्दाहरूका लागि खाली गर्ने सूचनाहरू जारी गरिएको हो ।

बेका क्षेत्र र तामनाइन क्षेत्रमा अवस्थित भवनमा आश्रित व्यक्तिहरूलाई तत्काल उक्त स्थानबाट सुरक्षित स्थलतर्फ जान इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निर्देशन दिएका हुन् ।

हिजबुल्लाहसँग सम्बन्धित सुविधाहरू र चासोहरू नजिकै अवस्थित रहेको भन्दै यस क्षेत्रलार्ई निकट भविष्यमा गरिने आक्रमणमा लक्षित गरिने बताइएको छ ।

यसै गरी अद्राईले नजिकैको सराइन अल–तहता र साफरी क्षेत्रका बासिन्दाहरूलाई पनि उक्त क्षेत्र खाली गर्न दुई अन्य सुचनाहरु एक्समा पोष्ट गरेका छन् भने लगत्तै सेनाले दक्षिणी लेबनानको टायर सहर नजिकैको अल–हवास क्षेत्रका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न आदेश जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved