भारत ४६ रनमा अलआउट, कोहलीसहित पाँच खेलाडीले सकेनन् खाता खोल्न

नेपालभ्युज

भारत ४६ रनमा अलआउट, कोहलीसहित पाँच खेलाडीले सकेनन् खाता खोल्न

काठमाडौं । न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्टमा भारतीय टोली ४६ रनमा अलआउट भएको छ ।

जुन भारतले बनाएको कम स्कोरमध्ये एक हो । यसअघि सन् २०२० मा भारत अस्ट्रेलियाविरुद्ध ३६ रनमा अलआउट भएको थियो । अहिलेको स्कोर त्यसपछिको कम हो ।

चिन्नास्वामी स्टेडियममा टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो दिनमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

९ रन बनाउँदा भारतको पहिलो विकेट रोहित शर्माको रुपमा खसेको थियो ।

कप्तान शर्मालाई मात्र दुई रनमा टिम साउथीले बोल्ड गरेका थिए । भारतका दुई ब्याट्सम्यान यशस्वी जैसवाल र ऋषभ पन्तले मात्र दोहोरो अंक छुन सके ।

जहाँ विराट कोहलीसँगै सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता पनि खोल्न सकेनन् ।

न्युजिल्याण्डका लागि म्याट हेनरी र विलियम ओउरकेले सर्वाधिक ४/४ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved