गोकुल बाँस्कोटाको गुनासो- विपद्‌बारे संसद्‌मा आवाज उठाइरहेँ, सरकारले सुनेन

नेपालभ्युज

गोकुल बाँस्कोटाको गुनासो- विपद्‌बारे संसद्‌मा आवाज उठाइरहेँ, सरकारले सुनेन

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले सम्भावित विपद्‌बारे संसद्‌मा कुरा उठाए पनि सरकारले नसुनेको गुनासो गरेका छन् ।

सोमबार रासससँगको कुराकानीका क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

“अरनिको राजमार्ग, बनेपाबाट पूर्व जाने बिपी राजमार्ग, पनौती-रोशी खण्डको माथिल्लो भागको खानी र पानीका विषय मैले बारम्बार सदनमा आवाज उठाएँ । संसद्‌मै निरन्तर आवाज उठाउनेमध्ये म एक हुँ तर, सरकारले आगो लागेपछि कुवा खन्ने काम गर्‍यो,” उनले भने ।

उनले थपे, “बाढी-पहिरो आउँछ कि आउँदैन, सरकारलाई थाहा छ कि छैन ? छ । आ’को पनि छ, आउँछ भन्ने पनि थाहा छ । समाधान के हो भन्ने थाहा भए पनि पूर्वतयारी गरेन । सांसदहरूले सदनमा उठाइरहेको गम्भीर मुद्दामा कुनै पूर्वसतर्कता अपनाइएन ।”

सांसदहरूले संसद्‌मा सार्वजनिक खपतका लागि बोल्ने भए पनि सरकारले त्यसलाई बेवास्ता गर्ने गरेको गुनासो बाँस्कोटाको छ । उनले सोधेका छन्, “सांसदका कुरा सुन्नुपर्दैन ?”

तर, घटनापछि उद्धारमा भने सरकाले राम्रो काम गरेको उनले बताए ।

यसअघि असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण सृजित बाढी, पहिरो तथा डुबानका कारण २०० भन्दा बढीले ज्यान गुमाएका थिए । यसकै सन्दर्भमा बाँस्कोटाले सरकारले पूर्वतयारी गर्न नसकेको बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved