नेपाली पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

नेपालभ्युज

नेपाली पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौं । छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरी कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

नेपाली महिलातर्फ पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा, ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पा लगायत ९ जना आरोहीहरूलाई नेपाल पर्वतारोहण संघ लगायत आफन्त र समर्थकहरूले सम्मानका साथ स्वागत गरिएको थियो ।

साथै उनीहरूलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगर परिक्रमा गराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved