दशैं मनाउन गाउँघर पुगेकाहरू फर्किन थाले, बढ्यो काठमाडौं उपत्यकाको चहलपहल

नेपालभ्युज

दशैं मनाउन गाउँघर पुगेकाहरू फर्किन थाले, बढ्यो काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं ।  दशैंका लागि गाउँघर पुगेका फर्किने क्रम शुरु भएको छ । यससँगै काठमाडौं उपत्यकामा चहलपहल सुरु भएको छ । फूलपातीपछि सुनसान काठमाडौं फेरि चलायमान हुन चालेको छ ।

आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् ।

यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।

गएको असोज १०, ११ र १२ गतेको बाढीरपहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् ।

तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।

यसैबीच आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved