आज काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

नेपालभ्युज

आज काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले आज बडादशैंको टीकाको दिन काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधा होस् भनेर प्रहरीले आज एक दिन रिङरोड भित्र र बाहिर दुईवटा बस निःशुल्क सन्चालन गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नावय महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।

यसैगरी, अर्को २ नम्बर रुटवाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved