ग्रीस पुगे फ्रान्सेली ६ राफेल लडाकु विमान

नेपालभ्युज

ग्रीस पुगे फ्रान्सेली ६ राफेल लडाकु विमान

काठमाडौं। फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ ओटा फ्रान्सेली राफेल लडाकु विमानमध्ये पहिलो ६ ओटा बुधबार ग्रीस पुगेका छन्।

बाँकी जेटहरू यसवर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ।

ग्रीसले १६ महिनाअघि ग्रीक सशस्त्र बलको प्रतिरोध क्षमतालाई बलियो बनाउन पाँच वर्षे योजनाको रूपमा जेटहरू खरिद गर्ने निर्णय गरेको थियो।

डसल्ट एभिएसनसँगको सम्झौतालाई एथेन्स र पेरिसले ग्रीक–फ्रान्सेली सहयोगमा कोसेढुङ्गाको रूपमा लिएका छन् ।

यसबाट युरोपलाई आफ्नै रणनीतिक स्वायत्तता निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved