कोभिड युरोप: जानीजानी कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

नेपालभ्युज

कोभिड युरोप: जानीजानी कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

काठमाडौं। जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको छ। सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन्।

परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। तर त्यसको दुई दिन पछि उनको मृत्यु भएको उनको परिवारले बताएको बीबीसीले जनाएको छ।

उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन्। घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved