वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना हुने

नेपालभ्युज

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना हुने

काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ६ दिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी गराएका हुन् ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुनेछ ।

जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved