एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित

नेपालभ्युज

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित

काठमाडौं। पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफ्रिकाले भारतलाई ३१ रनले हराएको छ। जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १–० को अग्रता लिएको छ।
बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २९६ रन बनाएको थियो। २९७ रनको लक्ष्य पछ्याएको भारतले आठ विकेट गुमाएर २६५ रन मात्र बनाउन सक्यो।

घरेलु टोलीका बभुमाले १४३ बलमा आठ चौकासहित ११० रन बनाए। भान डेर डुसानले ९६ बलमा ९ चौका र ४ छक्कासहित अविजित १२९ रन बनाए। क्विनटन डी ककले २७ रन बनाए । भारतका जसप्रित बुमराहले दुई र रविचन्द्रन आश्विनले एक विकेट लिए।

२९७ रनको लक्ष्य पछ्याएको भारतका लागि शिखर धवनले सबभन्दा धेरै ७९, विराट कोहलीले ५१ रन बनाउँदा शार्दुल ठाकुरले अविजित ५० रन बनाए। श्रेयस ऐयरले १७ र रिशभ पन्तले १६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved