भारतले दियो ३८ करोडका १० वटा स्टील ब्रिज, पाटपुर्जाको पहिलो खेप हस्तान्तरण

नेपालभ्युज

भारतले दियो ३८ करोडका १० वटा स्टील ब्रिज, पाटपुर्जाको पहिलो खेप हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका पार्टपुर्जाको पहिलो खेप बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक कनेक्टिभिटी पुनर्स्थापनामा सहयोग गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । ३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रुपमा प्रदान गरेको हो ।

यी सामान वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत श्री देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरिन् ।

प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि पछिल्लो दुई दिनमा सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट र ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, कम्बल, क्लोरिन ट्याब्लेट लगायत २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराईसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved