प्रदेश १ मा २४ घण्टामा ५३ प्रतिशतमा संक्रमण

नेपालभ्युज

प्रदेश १ मा २४ घण्टामा ५३ प्रतिशतमा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा परीक्षण गरिएकामध्ये ५३ प्रतिशतमा कोरोना देखिएको छ। कुल १६ सय ७५ जनाको नमूना परीक्षण गर्दा ८ सय ९१ जनामा संक्रमण देखिएको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा दुई/दुई, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो।

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा छ, इनरुवा र स्थानीय तह नखुलेका चार÷चार, देवानगञ्ज, बराहक्षेत्र र कोसी गाउँपालिकामा तीन\तीन, हरिनगर र रामधुनीमा दुई\दुई, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बूढीगङ्गा र स्थानीय तह नखुलेका तीन\तीन, लेटाङ, कानेपोखरी र ग्रामथानमा दुई÷दुई, धनपालथान, सुनवर्षी, कटहरी, उर्लाबारी, पथरी शनिश्चरे र रङ्गेलीमा एक\एक जनामा सङ्क्रमण देखिएको छ।

त्यसैगरी झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा नौ, कनकाइमा आठ, शिवसताक्षी र मेचीनगरमा पाँच\पाँच, अर्जुनधारामा चार, कचनकवल र कमल गाउँपालिकामा दुई\दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, सङ्खुवासभाको मकालु र स्थानीय तह नखुलेका एक\एक, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक\एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज नौ महिलासहित २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ। यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved