भारतको विधानसभा चुनाव : हरियाणामा भाजपा र जम्मू कश्मीरमा विपक्षी दल अगाडि

नेपालभ्युज

भारतको विधानसभा चुनाव : हरियाणामा भाजपा र जम्मू कश्मीरमा विपक्षी दल अगाडि

काठमाडौं । भारतको हरियाणा र जम्मू कश्मीर राज्यको विधानसभा चुनावको मतगणना जारी छ ।

भारत निर्वाचन आयोगकाअनुसार पछिल्लो मतपरिणामअनुसार ९० सिट रहेको हरियाणामा भारतीय जनता पार्टी (भाजपा)अग्रस्थानमा रहेको छ । भाजपा ४९ स्थानमा अघि रहेको छ ।

भारतीय राष्ट्रिय काङ्ग्रेस ३५ स्थानमा अघि रहेको छ । हरियाणामा एक्जिट पोलमा कांग्रेस अघि देखिए पनि मतगणनामा भाजपाले बहुमत ल्याउने सम्भावना देखिएको  छ।

यस्तै, जम्मू कश्मीरमा विपक्षी दल अगाडी छन् । जम्बु कश्मीर नेसनल कन्फ्रेन्स र कंग्रेस आइको गठबन्धन्ले स्पष्ट बहुमत पाउने देखिएको छ ।

यी दुई दलको गठबन्धनले ४८ सिट जित्ने देखिएको छ । यहाँ भाजपाले २९ सिट जित्ने सम्भावना देखिएको छ ।

धारा ३७० हटाएपछि जम्मू कश्मीरमा पहिलो पटक चुनाव भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved