इजरायलद्वारा १३० लडाकु विमानद्वारा आक्रमण, हिजबुल्लाहका १२० गढ निशानामा

नेपालभ्युज

इजरायलद्वारा १३० लडाकु विमानद्वारा आक्रमण, हिजबुल्लाहका १२० गढ निशानामा

बेरुत । इजरायलले लेबनानमा १३० लडाकू विमानबाट आक्रमण गरेको छ । हिजबुल्लाहका १२० ठेगानाहरूलाई लक्षित गरी ती आक्रमण गरिएका हुन् ।

त्यसैगरी हिजबुल्लाहले पनि १३० रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अर्कोतर्फ यमनबाट पनि इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरिको छ । तथापि इजरायली सेनाका अनुसार उनीहरूको हवाई सुरक्षा प्रणालीले क्षेप्यास्त्रलाई हावामै खसालेको थियो। क्षेप्यास्त्र आक्रमणको जानकारी पाउनासाथ सम्पूर्ण इजरायलमा चेतावनी साइरनहरू बज्न थालेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमास र हिजबुल्लाहविरुद्ध चलिरहेको युद्धलाई ‘द वार अफ रिभाइभल’ ९पुनरुत्थानको युद्ध० नाम दिन भनेका छन्। यसअघि इजरायल र हमासबीच बितेको एक वर्षदेखि चलिरहेको युद्धलाई इजरायलले ‘स्वोर्ड्स अफ आइरन’ ९फलामका तरबारहरू० नाम दिएको थियो।

इजरायल र हमासबीच चलिरहेको युद्धको सोमबार एक वर्ष पूरा भएको छ। गत वर्ष अक्टोबर ७ मा हमासका हजारौं लडाकुहरूले इजरायलमाथि आक्रमण गरेका थिए। यो आक्रमणमा लगभग १ हजार २०० इजरायली नागरिकहरूको मृत्यु भएको थियो।

यसका अतिरिक्त २५० भन्दा बढी इजरायली नागरिकहरूलाई बन्धक बनाएर गाजा लगिएको थियो। यो आक्रमणको केही घण्टापछि नै इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको थियो। बितेको एक वर्षदेखि जारी यो युद्धमा गाजामा ४० हजारभन्दा बढी मानिसहरू मारिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved