कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित

नेपालभ्युज

कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित
पोखरा । कास्कीमा विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहिमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको हो।
तर, तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुनेछ।  सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बुधबार एक सूचना जारी गर्दै अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जानकारी दिएका छन्।  उनले राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको जानकारी दिएका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved