बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु, ५ अझै बेपत्ता

नेपालभ्युज

बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु, ५ अझै बेपत्ता

काठमाडौं । असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित बाढी, पहिरो तथा डुबानका कारण काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु भएको छ ।

त्यसमा ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार बाढी, पहिरो तथा डुबानमा परी पाँचजना बेपत्ता छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार मृत्य भएकाहरूमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved