भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै

नेपालभ्युज

भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।

बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए।

तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले जानकारी दिए ।

उक्त सडकमा स्थानीय प्रशासनले हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति दिएको छ ।

बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved