उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
फाइल फोटो

काठमाडौं । बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौं उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ ।

भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हनुमन्ते खोला तटीय क्षेत्रमा दिउँसोसम्मै बाढीको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved