बाली बमकाण्डका दोषीलाई १५ वर्ष जेल सजाय

नेपालभ्युज

बाली बमकाण्डका दोषीलाई १५ वर्ष जेल सजाय

एजेन्सी। इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा सन् २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा अल–कायदा समूहसँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ।

बुधबार जेमाह इस्लामियाह आतंकवादी समूहका उच्च पदस्थ सदस्य जुल्कर्नाइनलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो। लगभग १८ वर्ष फरार रहेपछि डिसेम्बर २०२० मा उनी पक्राउ परेका थिए।

संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिसोर्ट टापूमा भएको हमला इन्डोनेसियाको इतिहासमा सबैभन्दा घातक आतंकवादी हमला बनेको थियो।

उक्त हमलामा ८८ अस्ट्रेलियन, ३८ इन्डोनेसियन र २३ ब्रिटिससहित २ सय २ जना मारिएका थिए भने २ सय ९ भन्दा बढी घाइते भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved