जर्मनी जाँदै हुनुहुन्छ ? यी खोप लगाएकाले पाउँदैनन् भिसा

नेपालस्थित जर्मन दूतावासका अनुसार जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको हुनुपर्नेछ।

नेपालभ्युज

जर्मनी जाँदै हुनुहुन्छ ? यी खोप लगाएकाले पाउँदैनन् भिसा

काठमाडौं। कोरोनाा भाइरसविरुद्धको चिनियाँ खोप लगाएका व्यक्तिले जर्मनी प्रवेशका लागि अनुमति नपाउने भएका छन्। नेपालस्थित जर्मन दूतावासले जर्मनी प्रवेशका लागि अनुमति पाउने खोपहरुको नाम तोकेको छ।

यही ७ माघदेखि लागू हुने गरी जर्मनीले कोरोनाविरुद्धका चिनियाँ खोपहरु भेरोसेल र सिनोफार्म तथा अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति नदिने भएको हो।

नेपालस्थित जर्मन दूतावासका अनुसार जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको हुनुपर्नेछ।

जर्मनीको पछिल्लो खोप नीतिअनुसार चिनियाँ खोपहरु भेरोसेल र सिनोफार्म तथा अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई पनि कोरोनाविरुद्धको कुनै पनि खोप नलगाएको मानिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved