बार अध्यक्ष भन्छन्-आफ्नो कमजोरी ढाक्न न्यायपरिषद्ले मविरुद्ध मुद्दा चलाउन खोज्यो

नेपालभ्युज

बार अध्यक्ष भन्छन्-आफ्नो कमजोरी ढाक्न न्यायपरिषद्ले मविरुद्ध मुद्दा चलाउन खोज्यो

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन् ।

सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउदाँ अपहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए ।

हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही बिषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले बताए

आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी आफुले लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न पनि आफु तयार रहेको स्पष्ट पारे।

न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने उनको भनाइ छ । उनले न्यायपालीका शुद्ध नभएसम्म बारको न्यायीक लडाई जारी रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved