झ्याप्लेखोला पहिरो : बिहानदेखि १५ शव निकालियो

नेपालभ्युज

झ्याप्लेखोला पहिरो : बिहानदेखि १५ शव निकालियो

काठमाडौं । नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट थप १५ शव निकालिएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।

उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । आइतबार बिहानदेखि अहिलेसम्म १५ शव फेला परेको धादिङ प्रहरीले जनाएको छ ।

उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

यसअघि शनिबार उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो । उक्त शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved