अकस्मात् खुल्यो काठमाडौंको मौसम (तस्वीरहरू)

अकस्मात् खुल्यो काठमाडौंको मौसम (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश खुल्दै गएको छ । दुई दिनदेखि अविरल वर्षाले तहसनहस बनाइरहेको बेलामा आकाश खुलेपछि केही राहत हुने भएको छ ।

बादलहरु पनि फाट्दै गएको छ । साथै, उपत्यका भएर बग्ने बागमती, विष्णुमती, मनोहरालगायका नदीमा पानीको बहाव घट्दै गएको छ ।

यसअघि बाढी पूर्वानुमान शाखाले पनि आज वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जनाएको थियो । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिए । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved