काठमाडौं उपत्यकामा बाढीको कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

नेपालभ्युज

काठमाडौं उपत्यकामा बाढीको कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।

बाढीमा परेर काठमाडौं ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।

साथै, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने ६ जना बेपत्ता छन् ।

बाढीले काठमाडौंमा २२६ घर डुबाएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।

उद्धारका लागि नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved