एन्फा महिला लिग : एपीएफले बागमतीलाई हरायो

नेपालभ्युज

एन्फा महिला लिग : एपीएफले बागमतीलाई हरायो

काठमाडौं । एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटास्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८औं मिनेटमा गोल गरिन् । त्यस्तै, अनिता बस्नेतले ४१औं मिनेट र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातिबाट प्राप्त गरेको थियो ।

जितसँगै ९ खेलमा २५ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved