सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शनमा गोली लागेर सातको मृत्यु

नेपालभ्युज

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शनमा गोली लागेर सातको मृत्यु

एजेन्सी। सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा विरोध प्रदर्शन जारी छ। प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको छ।

राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले फायर खोलेको हो। प्रर्दशन नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोलीसँगै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीहरूले नागरिक शासनको माग गर्दै सेनाविरुद्ध चर्को नारा लगाएका छन्। सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघले सैनिक कु का विषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ। सुडानमा गत वर्षदेखि सुरु भएको सेप्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved