जापानमा दैनिक संक्रमित सङ्ख्या अहिलेसम्मकै उच्च

नेपालभ्युज

जापानमा दैनिक संक्रमित सङ्ख्या अहिलेसम्मकै उच्च
फाइल फोटो

एजेन्सी। जापानमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या मङ्गलबार सबैभन्दा धेरै देखिएको छ। सरकारी अधिकारीहरूले मङ्गलवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ संक्रमित भएका छन्।

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना संक्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन्। मङ्गलबार संक्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन्। “टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी संक्रमित देखिएको पनि पहिलो पटक हो,” एक अधिकारीले भने।

अघिल्लो मङ्लबार ९६२ जना मात्रै संक्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत संक्रमित भएको देखिएको छ।

नयाँ संक्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरसविरुद्धको दुबै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved