पहिरोपीडितलाई राहत उपलब्ध गराउन कर्णाली प्रदेशका सभामुखद्वारा सरकारको ध्यानाकर्षण

नेपालभ्युज

पहिरोपीडितलाई राहत उपलब्ध गराउन कर्णाली प्रदेशका सभामुखद्वारा सरकारको ध्यानाकर्षण

सुर्खेत। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पहिरापीडित परिवारलाई राहत उपलब्ध गराउन बेवास्ता गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख शाहीले आज मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर दैलेखको ठाटीकाँध गाउँपालिका–४ का पहिरापीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्।

सभामुखका स्वकीय सचिव तेजबहादुर महताराले प्रदेशका अन्य जिल्लाका प्रकोप पीडितले राहत तथा क्षतिपूर्ति पाइसक्दा प्रदेश सरकारबाट दैलेखका पीडितको बेवास्ता गरिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको बताए। ठाटीकाँध गाउँपालिका–४ विशालामा २०७७ साल भदौ २ गते राति परेको अविरल वर्षाका कारण पहिरा गई दुई जनाको मृत्यु हुनुका साथै सात घर पूर्णरुपमा भत्केका थिए।

प्रदेश सरकारले पहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको थियो तर उक्त निर्णयानुसार आफ्नो क्षेत्रका पीडितले राहत नपाएपछि सभामुख शाही मुख्यमन्त्री कार्यालयमा गएका हुन्। सभामुखसँगको भेटमा मुख्यमन्त्री शाहीले तत्काल राहत रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved