हिजबुल्लाह-इजरायल भिडन्त : अहिलेसम्म ५५८ जनाको मृत्यु, दक्षिणी शहर छाडेर हिँडे लेबनानी

नेपालभ्युज

हिजबुल्लाह-इजरायल भिडन्त : अहिलेसम्म ५५८ जनाको मृत्यु, दक्षिणी शहर छाडेर हिँडे लेबनानी

काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५५८ पुगेको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले ज्यान गुमाउनेमा ५० बालबालिका रहेको जानकारी दिए ।

घटनामा १ हजार ८३५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

सोमबार इजरायलले लेबनानमाथि सयौं मिसाइल प्रहार गरेको थियो । सोमबार लेबनानका लागि सन् १९९० मा गृहयुद्धको अन्त्यपछि सबैभन्दा घातक दिन भएको स्वास्थ्यमन्त्री अबियाद बताउँछन् ।

हिजबुल्लाह-इजरायलबीच मिसाइल हानाहान : नेपाली सेना सुरक्षित, खतरा भने कायमै  

इजरायल र लेबनान दुवै देशका विद्यालयहरू बन्द गरिएको छ । लेबनानको दक्षिणी क्षेत्र शहरमा बसोबार गर्ने व्यक्तिहरु छोडेर हिँड्न थालिसकेका छन् । सोहीकारण सडकमासमेत चर्को जाम रहेको छ ।

हमलाका कारण कतार एयरवेज, ब्रिटिश एयरवेज र लुफ्थान्सा लगायतका एयरलाइन्सले यस क्षेत्र भित्र र बाहिर सबै उडान रद्द गरेका छन् ।

इजरायलले सोमबार ८ सयभन्दा बढी हिजबुल्लाहका अखडाहरुमा प्रहार गरेको थियो । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् ।

पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved