प्रदेश १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालभ्युज

प्रदेश १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ५५७ को पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ को एन्टीजेन परीक्षण गर्दा १५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा पाँच÷पाँच, भोजपुर र उदयपुरमा चार÷चार, सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई, ओखलढुङ्गा, तेह्रथुम र सोलुखुम्बुमा एक\एक तथा प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यसैगरी कूल सङ्क्रमितमध्ये मोरङको विराटनगरमा ३८६, बूढीगङ्गामा २२, बेलबारीमा नौ, सुन्दरहरैचामा आठ, रङ्गेली र केराबारीमा पाँच÷पाँच, उर्लाबारी, कटहरी र ग्रामथानमा दुई÷दुई, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा एक÷एक र स्थानीय तह नखुलेका तीन, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा नौ, इनरुवामा सात, रामधुनीमा तीन, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा दुई÷दुई , बर्जु र भोक्राहानरसिंहमा एक÷एक जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा नौ, कमल गाउँपालिकामा पाँच, बाह्रदशी र बुद्धशान्तिमा तीन÷तीन, हल्दिबारीमा दुई, कचनकवल र गौरादहमा एक\एक, इलामको चुलाचुलीमा दुई, सूर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा चार र स्थानीय तह नखुलेका एकजनामा सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी भोजपुरको भोजपुर नगरपालिकामा तीन र ट्याम्केमैयुङमा एक, उदयपुरको त्रियुगामा चार, सङ्खुवासभाको सभापोखरीमा दुई र स्थानीय तह नखुलेका एक, ताप्लेजुङमा दुई, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेह्रथुमको लालीगुराँस र सोलुखुम्बुको नेचासल्यानमा एक÷एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १८ महिलासहित ३२ जना सङ्क्रमणमुक्त भएका छन्। प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ६७ रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved