दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा

नेपालभ्युज

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं । चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ ।

मंगलबारका लागि पेसी तोकिएको उक्त रिट निवेदन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रसाईंले आफू क्यान्सरबाट पीडित भन्दै सोमबार कानून व्यवसायीमार्फत् बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो ।

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै रास्वपा केन्द्रीय सदस्यको जाहेरीको आधारमा प्रसाईं पक्राउ परेका थिए । आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved