बन्दी प्रत्यक्षीकरण रिट लिएर दुर्गा प्रसाईंका वकिल सर्वोच्चमा, क्यान्सर पीडित भएकाले छाड्न निवेदन

नेपालभ्युज

बन्दी प्रत्यक्षीकरण रिट लिएर दुर्गा प्रसाईंका वकिल सर्वोच्चमा, क्यान्सर पीडित भएकाले छाड्न निवेदन

काठमाडौं । गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ ।

सोमबार बिहान प्रसाईं पक्षका कानून व्यवसायीहरूले अदालतमा रिट निवेदन दिएका हुन् । तर, उनको निवेदन दर्ता भनइसकेको अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको कारण पेस गरेका छन् । मेडिकल रिपोर्ट पनि निवेदनमै बुझाएका छन् । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट पक्राउ गरेको थियो ।

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै रास्वपा केन्द्रीय सदस्यको जाहेरीको आधारमा प्रसाईं पक्राउ परेका थिए ।

आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved