जोशीलाई अदालतमा उपस्थित गराइयो

नेपालभ्युज

जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान अगाडि बढाउन जोशीलाई अदालतसमक्ष उपस्थित गराइएको हो । जोशी पक्षका कानून व्यवसायीहरूले भने अनुसन्धान प्रक्रियामा सघाउन जोशी तयार रहेकाले थुनामा नराखी दैनिक हाजिरीमा राख्न माग गरेका छन् ।

यसमा अहिले बहस जारी छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दुवै पक्षको कुरा सुनेपछि उचित फैसला गर्ने बताएका छन् ।

जोशी आइतबार काठमाडौंमा पक्राउ परेका थिए । उनलाई साँझ पोखरा लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved