गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार

नेपालभ्युज

गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार
फाइल फोटो

खोटाङ : सुत्केरी व्यथाले गम्भीर बनेकी एक गर्भवतीलाई हेलिकोप्टरमार्फत निशुल्क उद्धार गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो।

गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो।

स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै फुटेको पाइएको जिल्ला अस्पतालका डा। मनिष पौडेलले बताए। त्यस्तो अवस्थामा गर्भवती र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिमपूर्ण हुने भएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई उद्धारको पहलका लागि पत्र पठाएको थियो।

अस्पतालको पत्रका आधारमा जिल्ला प्रशासनले सोमबार साँझ नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न सिफारिस गरेको थियो।

तर, रातको समयमा हवाइ उद्धार सम्भव नभएकाले इकाइले मंगलबार प्रसुती गृह थापाथली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved